बजार संक्षेप

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

    2019-05-19

काठमाडौं- म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु बिक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु बिक्रि वितरण गर्दै आइरहेको छ । यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कम बिजुली लागतमा बढि उत्पादन गर्नसक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादक तत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट श्री दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरुको बारेमा बताउनु भएको थियो । साथै यस अत्याधुनिक प्रविधिबाट नेपाली सिमेन्ट जगतमा हुने फाईदाको बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
यस म्यागाटो इन्डिया प्रा.लि.ले आफ्नो उत्पादनको बिक्रि वितरण गर्न नेपालका लागि आधिकारीक बिक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रा.लि.लाई नियुक्त गरेको छ । 
 

यसमा तपाईको मत