बजार संक्षेप

मुक्तिनाथ–चिरायु सम्झौता

    2019-07-14

काठमाडौं– मुक्तिनाथ विकास बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट, बसुन्धाराबीच अस्पतालको सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा चिरायुका निर्देशक चण्डेश्वर वैद्य र बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड बाहेक ग्राहकले चिरायुमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट हुने जनाइएको छ ।
बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिटेन्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बैंकिङ सुविधा दिइरहेको छ । यसले एक सय १९ शाखा र २५ एटिएमबाट सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत