ग्याजेट विशेष

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

  नागरिक   2019-12-07

माइक्रोसफ्टले म्याथको हिसाब आफैं गर्ने एपलाई सार्वजनिक गरेको छ । गुगल प्ले स्टोरमा माइक्रोसफ्ट म्याथ सल्भरका नामले उपलब्ध यस एपबाट प्रयोगकर्ताले तस्वीर खिचेर नै गणितका हिसाबहरू समाधान गर्न सक्नेछन् ।

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ । यसका लागि माइक्रोसफ्टको यस एपले AI को प्रयोग गर्ने छ ।   हिसाब समाधान गर्नका लागि र नतिजा हेर्नका लागि प्रयोगकर्ताले यस एपलाई खोलेर क्यामरामा हिसाबलाई देखाउन सक्नेछन् । क्यामराको प्रयोग नगरेर स्क्रिनमा नै सोझै प्रश्न लेखेर उक्त प्रश्नको उत्तर पाउन सक्नेछन् ।

यस एपले गणितको हिसाबको प्रकार पहिचान गरेर उक्त हिसाबलाई समाधान गर्ने हरेक कदमहरू पनि देखाउने छ । हिसाब गर्ने तरिका र प्रश्नको उत्तर देखाउनुका साथै यस एपले प्रयोगकर्तालाई विभिन्न ग्राफ, मुख्य प्रश्नसँग मिल्दोजुल्दो अन्य प्रश्नहरू र इन्टरनेमा भेटिने शिक्षण समबन्धित भिडियोहरू पनि देखाउने छ ।

यो एपले तल देखाइएका प्रश्नहरूको उत्तर दिन सक्ने छ :

  • प्राथमिक तहको हिसाबहरू - जस्तै जोड्ने घटाउने, LCM. HCF, फ्याक्टर आदि निकाल्ने
  • अल्जेब्रा / बीजगणित : quadratic equations, systems of equations, inequalities, rational expressions, linear, quadratic and exponential graphs
  • क्याल्कुलस: Summations, Limits, derivatives, integrals
  • तथ्यांक : Mean, Median, Mode, Standard Deviation, permutations, combinations
  • अन्य : number theory, probability, volume, surface area

यो एप आइफोन र गुगल प्ले स्टोरमा नि:शुल्क डाउनलोडका लागि उपलब्ध छ । गुगल प्ले स्टोर र एप स्टोरमा गएर “Microsoft Math Solver” लेखेर सर्च गरेर एपलाई डाउनलोड गर्न सकिन्छ ।

 

यसमा तपाईको मत