बजार संक्षेप

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

    2019-05-16

काठमाडौं - बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क" वर्गको एनएमबि बैंक लिमिटेडमा गाभिने सम्बन्धी सम्झौतापत्रमा आज मिति २०७६ साल जेठ महिना २ गतेका दिन हस्ताक्षर भएको छ। 

उक्त सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेडको तर्फबाट संचालक श्री प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट संचालक श्री योगेन्द्रलाल प्रधानले हस्ताक्षर गर्नुभयो। 

मर्जर पश्चात बैंकको नाम यथावतै एनएमबि बैंक लिमिटेड रहने छ। झन्डै २० बर्षको अनुभव संगालेको यस बैंकले सन् २०१७ र सन् २०१८ मा लगातार दुइ पटक बैंक अफ द ईयर प्राप्त गरेको छ। 
   

यसमा तपाईको मत