बजार संक्षेप

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

    2019-06-19

राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधा दर्जन अफरहरु थप गरिएको छ । 

एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ । यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् ।

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको हो । 

मोबाईल मेला अवधिमा एउटा मोबाइल  किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७ मिनी एस्, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ । 

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमा सिने डिसी सिनेमाको टिकट निशुल्क पाउने छन् । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन् । 

मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।
 

यसमा तपाईको मत