बजार संक्षेप

काठमाडौं मेरिएट होटल सञ्चालन

    2019-07-19

काठमाडौं,– मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ७ सय ४० स्क्वायर मिटरभन्दा बढी क्षेत्रफलमा रहेको उक्त होटलमा २ सय १४ कोठा, चार डायनिङ हल, रेस्टुरेन्टसहित लाइभ कुकिङ किचेन रहेको छ । सो लाइभ किचेनबाट थाइ, जापानी र चिनियाँ खानाको व्यवस्था गरिने होटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । होटलमा स्विमिङ पुल र फिटनेस सेन्टरसहित अन्य धेरै सुविधा रहेकोे जनाइएको छ ।
 

यसमा तपाईको मत