ग्याजेट विशेष

मेमोरी कार्ड किन्दा यो कुरामा विशेष ध्यान दिनुहोस्

  नागरिक   2020-05-13

मेमोरी कार्ड स्मार्टफोन वा क्यामराको स्टोरेज क्षमता बढाउनका लागि सबैले प्रयोग गर्दै आएको कुरा हो । हामी बजारमा उपलब्ध हुने मेमोरी कार्ड केहि नसोची र केहि नहेरी किन्ने गर्दछौं । तर यस्तो गर्नु धेरै खण्डमा उचित हुँदैन । सस्तोमा पाइयो भन्दैमा स्लो र धेरै नटिक्ने मेमोरी कार्ड हात पर्न सक्छ । 

मेमोरी कार्डको स्पिड क्लास हेर्ने तरिका 

हरेक मेमोरी कार्डको बाहिरी भागमा एक गोलो वा अंग्रेजी यु आकारको भित्र पट्टि नम्बर दिईएको हुन्छ । उक्त नम्बरले मेमोरी कार्डको स्पिडलाई जनाउछ । 
 
स्पिड क्लास 

गोलो वा अंग्रेजीको सी ( c ) जस्तै देखिने आकार भित्र लेखिएको नम्बरले मेगाबाइट प्रति सेकेन्डमा उक्त मेमोरी कार्डको राइट स्पिड कति छ भनेर बुझाउछ । बजारमा क्लास २ देखि क्लास १० सम्मका मेमोरी कार्डहरू उपलब्ध छन्:

क्लास २ : कम्तिमा पनि २ मेगाबाइट प्रति सेकेन्ड स्पिड 
क्लास ४ : कम्तिमा पनि ४ मेगाबाइट प्रति सेकेन्ड स्पिड 
क्लास ६ : कम्तिमा पनि ६ मेगाबाइट प्रति सेकेन्ड स्पिड 
क्लास १० : कम्तिमा पनि १० मेगाबाइट प्रति सेकेन्ड स्पिड 

क्लास २ का मेमोरी कार्डहरू खरिद गर्दा सस्ता हुन्छन् । यिनीहरूमा इन्स्टल भएको गेम र एप खुल्न केहि थप समय लाग्छ र प्रयोगको समयमा पनि स्लो हुन सक्छ । स्मार्टफोनमा उच्च रेजोलुसनको भिडियो खिच्न र सिधा मेमोरी कार्डमा सेभ गर्नका निम्ति कम्तिमा पनि क्लास १० को मेमोरी कार्ड चाहिन्छ - यस्तो खण्डमा क्लास २ को मेमोरी कार्डले पुग्दैन । मेमोरी कार्डको क्लास बढ्दै गएपछि मूल्य पनि बढ्दै जान्छ । नेपाली बजारमा सस्तोमा पाइने अधिकाँस मेमोरी कार्डहरू क्लास २ वा ४ का हुन् ।

यु एच एस स्पिड 

यु एच एस स्पिड क्लासका मेमोरी कार्डहरू निकै फास्ट हुन्छन् भने महँगा पनि  हुन्छन् । यस्ता मेमोरी कार्डहरू फास्ट स्मार्टफोन रुचाउनेहरूका लागि र उच्च रेजोलुसनमा भिडियो खिच्न रुचाउनेका लागि उचित हुन्छ । यु एच एसका चर्चामा आएका दुईवटा क्लास छन् :

U१ : कम्तिमा पनि १० मेगाबाइट प्रति सेकेन्ड स्पिड 
U३ : कम्तिमा पनि ३० मेगाबाइट प्रति सेकेन्ड स्पिड 

यो स्तरको मेमोरी कार्डहरू मुख्यत: डिजिटल फोटो भिडियो क्यामराका लागि प्रयोग गरिन्छ । स्मार्टफोनका लागि पनि यो स्तरको मेमोरी कार्ड सजिलै खरिद गर्न सकिन्छ - तर अन्यको तुलनामा यसको मूल्य अलि चर्को हुन्छ । 

यसमा तपाईको मत