बजार संक्षेप

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

    2019-07-15

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ। 

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । 

युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको छ। 

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ । 

यसमा तपाईको मत