बजार संक्षेप

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

    2019-08-19

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 
मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङ्गका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको बैंकको प्रेस बिज्ञप्तिमा उल्लेख छ। योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ जनाएको छ। 
अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको उक्त प्रेस बिज्ञप्तिमा जानकारी गराइएको छ। 
 

यसमा तपाईको मत