बजार संक्षेप

आइएमई लाइफको सभा

  नागरिक   2019-12-06

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको सभापतित्वमा सम्पन्न सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा–नोक्सान हिसाब, नगदप्रवाह लगायत वित्तीय विवरण स्वीकृत गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, कम्पनी ऐन अन्तर्गत लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत