बजार संक्षेप

सिटिजन लाइफको सभा सम्पन्न

  नागरिक   2019-10-18

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची सहितको वित्तीय विवरण पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सभाका क्रममा कम्पनी सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएको विज्ञप्तिमा उल्लेख छ । सर्वसाधारणको लागि ७५ करोड रुपैयाँको सेयर सार्वजनिक निष्कासन गर्ने सञ्चालक समितिको निर्णय समेत सभाले पारित गरेको छ ।

यसमा तपाईको मत