बजार संक्षेप

मनिग्रामद्वारा २४ जना पुरस्कृत

  नागरिक   2019-09-13

काठमाडौँ– मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी विभिन्न जिल्लाबाट आएका उनीहरुलाई कारोबार रकमको दुई गुणा बराबरको चेक प्रदान गरेको हो । 
कम्पनीले सञ्चालन गरेको प्रवर्द्धन योजनामा जेठदेखि साउन मसान्तसम्म सहभागी ग्राहकमध्ये भाग्यशालीलाई कारोबारको दोब्बर रकम भुक्तानी दिएको मनिग्रामको भारतीय उपमहाद्विप इन्डो चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख सेसागिरी (सुकेस) मालियाले बताइन् । 
उक्त कार्यक्रम आगामी मंसिरसम्म सञ्चालन हुने उनले जानकारी दिइन् । उनले भनिन्, ‘रकम दोब्बर गर्ने योजनामा सहभागी विजेतालाई बधाई तथा नयाँ सहभागीलाई मेरो शुभकामना छ ।’ नयाँ योजना दसैं–तिहारलाई लक्ष्य गरी सञ्चालन गरेको उनले बताइन् । 
यसअघिको कार्यक्रममा सहभागीमध्ये भाग्यशालीलाई कारोबार दोब्बर रकम प्रदान गरेको बताउँदै उनले योजना थप तीन महिना सञ्चालन हुने बताइन् । 
विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएका कम्पनीले भदौ १ गतेबाट रकम दोब्बर गर्ने योजना सञ्चालन भएको थियो । कम्पनीका अनुसार मनिग्रामबाट स्वदेश तथा विदेशबाट रकम पठाउँदा लक्की ड्रमार्फत भाग्यशाली ग्राहकले कारोबार रकमको दोब्बर भुक्तानी पाउने छन् । 
सो अवसरमा मनिग्रामकी एसिया प्यासिफिक, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रीय मार्केटिङ प्रमुख सब्रिना चानले विजेताको आम्दानी वृद्धि हुने भएकाले यस कार्यक्रमलाई आगामी तिन महिनासम्म सञ्चालन गर्ने निर्णय गरेको बताइन् । 
विश्वभर करिब तीन लाख ५० हजार एजेन्टमार्पत रकम पठाउने तथा भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनीले दुई सय मुलुकमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा थप अन्य मुलुकमा सेवा विस्तार गर्ने योजनामा रहेको बताइन् । मनिग्रामले विश्वव्यापी फाइनान्सियल सेटलमेन्ट इन्जिन, इन्टिग्रेटेड एपिआइएस सहितको क्लाउडमा आधारित सेवा प्रदान गर्दै आएको छ । 
 

यसमा तपाईको मत