बजार संक्षेप

मनमैजुमा कामना सेवा बैंक

  नागरिक   2019-12-08

काठमाडौं– कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । 
उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीको उपस्थिति रहेको बैंकले जनाएको छ । यो कामना सेवाको १०५औं शाखा हो ।
हाल बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङका साथै एक सय पाँच शाखा, ५४ एटिएममार्फत सेवा दिइरहेको जनाएकोे छ । 
 

यसमा तपाईको मत