बजार संक्षेप

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

    2019-08-22

काठमाडौं– स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ ।
बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने उक्त १२औं शैक्षिक मेला मलेसियाका लागि सबैभन्दा ठूलो शैक्षिक मेला रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेलामा ६ मान्यताप्राप्त मलेसियाका युनिभर्सिटीको सहभागिता रहने जनाइएको छ । मेलाबाट युनिभर्सिटीले डिप्लोमा, स्नातक, स्नातकोत्तर र पिएचडी तहमा म्यानेजमेन्ट, पाककला, इन्जिनियरिङ, फेसन, स्वास्थ्य विज्ञान, सूचना प्रविधि, नर्सिङ र उड्डयन आदि विषयमा जानकारी लिन सकिनेछ ।
दुईदिने कार्यक्रममा सेमिनार, भर्ना कार्यक्रम, छात्रवृत्ति कार्यक्रम आयोजना गरिने उल्लेख छ । 

यसमा तपाईको मत