बजार संक्षेप

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

  नागरिक   2020-01-20

काठमाडौँ- नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड परीवारबाट संचालित तथा प्रर्बद्धित कम्पनी हो। यसै गरि भक्तपुरको सल्लाघारीमा सम्पन्न निर्माण सामग्री प्रर्दशनी नेपाल बिल्ड एक्स्पोको अवसरमा Motor Grader (G-90), Backhoe Loader (VX-90) / Blazo-25 Tripper प्रर्दशनिमा राखिएको थियो। उक्त एक्स्पोको तेस्रो दिन VX-90 Backhoe Loader लाई नेपालमा लञ्चिङ गरी नेपालको बजारमा बिक्री बितरण सुरु गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त लञ्चिङ कार्यक्रमा एम.भि.दुगड़ ग्रुपका उपाध्यक्ष श्री विवेक दुगड़, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर श्री गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन श्री तारा थापाबाट संयुक्तरुपमा लञ्चिङ गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसै कार्यक्रमा ५ जना ग्रहाकलाई Backhoe Loader (VX-90) को चाँबी हस्तान्तरण गरिएको जनाएको छ। सो अवसरमा दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन श्री तारा थापाका अनुसार Backhoe Loader (VX-90) का विषेशताका बारेमा जानकारी गरेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

Mahindra Backhoe Loader (VX-90):
•    Gross Power: 91HP@ 2200 rpm 
•    Gross Torque: 360Nm@1400-1600RPM
•    10%* more savings with Mahindra Engine
•    Advanced control levers for Fatigue less operation
•    21st styling, with plush car like interior  
•    AC cabin
•    Substantially faster machine

नेपालको बाटो र माटोलाई सुहाउदो यी बिभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमताका बिषेशता रहेको छ । 
अत्याधुनिक प्रविधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना ,मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी नेपाल जस्तो विकासोन्मुख देशको निर्माण जगतमा क्रान्ति ल्याउने कुरामा कम्पनि पुर्ण विश्वस्त रहेको जनाएको छ। यसैगरी VX-90 Backhoe Loader  कम लगानीमा बजारमा रहेका अन्य Machine भन्दा कम ईन्धन खपत गर्दै सिघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने कुरा कम्पनीद्वारा जारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत