अटो विशेष

नेपालमा महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

  नागरिक   2019-08-26

काठमाडौँ- महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित  टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ। 

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००/–  र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००/–   त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१,२५,०००/–, डब्लु ६ वर्गका लागि रु ४५,००,०००/–, डब्लु ८ वर्गका लागि रु ५१,५०,०००/– र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७,२५,०००÷–  तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

 

यस पटकको नाडा अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहने जानकारी उक्त प्रेस बिज्ञप्तिमा दिइएको छ। मराजो एम ६ को मूल्य रु ५८,२०,०००/– र एम ८ को मूल्य रु ६४,३०,०००/– तोकिएको छ ।    


 

यसमा तपाईको मत