बजार संक्षेप

महिन्द्रा उत्सव योजना सार्वजनिक

  नागरिक   2019-09-20

काठमाडौं– महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव योजना सार्वजनिक गरेको छ । 
योजनामा इभो, नोभो, जिभो लगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्याक्टर किन्दा क्रेताले डबल डोर फ्रिज र चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पुरस्कारस्वरुप पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै, बम्पर पुरस्कारअन्तर्गत महिन्द्राको १२५ सिसीको गुस्टो स्कुटर पनि प्रदान गरिने जनाइएको छ । यसका अतिरिक्त ग्राहकले अन्य थुप्रै आकर्षक उपहार पनि पाउने बताइएको छ । 
 

यसमा तपाईको मत