बजार संक्षेप

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

    2019-08-21

काठमाडौं– महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । योसँगै महालक्ष्मीको शाखासंख्या ९९ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकले ग्राहकको विश्वास बढाई सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ । 

यसमा तपाईको मत