बजार संक्षेप

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

    2019-07-23

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको साठी हजार सहित बाह्र लाख इकाई अर्थात एक अर्ब वीस करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकको व्यक्तिगत तवरबाट बिक्री हुनेछ । 
इच्छुक लगानीकर्ताले न्यूनतम पच्चीस कित्तादेखि अधिकतम एघार लाख सत्तरी हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ। 
माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस (ICRANP-IR æA-Æ)  रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ । 

यसमा तपाईको मत