बजार संक्षेप

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

  नागरिक   2019-09-16

काठमाडौं– नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । वृद्धभत्ता र बेरोजगारी भत्ताको सट्टा उद्यमशीलता वृद्धितर्फ सरोकारवालाको जोड हुनुपर्ने एक कार्यक्रमका वक्ताले जनाएका छन् ।
दुई सय ५० भन्दा बढी उद्यमीको सहभागितामा भएको कार्यक्रममा सहभागी उद्योगीले उद्यमशीलताको सुरुवात चुनौतीपूर्ण हुने भए पनि यही नै राष्ट्रको आवश्यक्ता भएको बताए । नेपालमा उद्यमशीलताको अवसर औंल्याउँदै युवा पिढीलाई उद्यमशील बन्न वक्ताले आग्रह गरेकोे जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा उद्यमशीलताको सम्भावना पहिचान गर्दै युवालाई उद्यमशील बन्न अभ्रिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताउदै उद्यमशील काँग्रेसका संयोजक आश्विन सिटौलाले भने, ‘हामीले अहिलेसम्म काठमाडौंमा कार्यक्रम गर्दै आएका थियौं, अब छिट्टै नै यसलाई देशव्यापी बनाएर उद्यमशीलता अभियानको रुपमा अघि बढाउने तयारीमा छौंं ।’
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा, फुडमाण्डूका सिइओ मनोहर अधिकारी, फ्याक्टस नेपालका सिइओ तथा संस्थापक मनिष झालगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण युवा उद्यमी विभूषण पाण्डेले गरेका थिए ।
 

यसमा तपाईको मत