बजार संक्षेप

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

    2019-06-26

 

मुम्बई- लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा ४ स्वर्ण, ३ रजत र ३ काँस्य पदक हासिल गरेको छ ।
लेमनका प्रबन्ध निर्देशक श्री उज्ज्वल शाक्य अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै भन्नु भयो, निश्चय पनि यो लेमनको लागि मात्र नभई नेपालकै विज्ञापन उद्योगको लागि ठूलो विजय हो । यो सफलताको श्रेय हाम्रो टिम र हाम्रा विज्ञापनदाताहरु दुवैको सामूहिक प्रयासलाई जान्छ ।

यसैलाई पछ्याउँदै, नेपालबाट प्रतिनिधित्व गरेका अन्य २ एजेन्सीहरु, आउटरिच नेपालले “Promotional Campaign of the Year”  तर्फको रजत अवार्ड र क्रेओ कम्युनिकेसन्स प्रा.लि.ले “Social Development and CSR Campaign of the Year” विधामा रजत अवार्ड जितेको छ ।

यो सम्मान कार्यक्रमको आयोजना Rural Marketing of Association (RMAI) ले यही जुन २१ मा मुम्बई स्थित ताज सान्ता क्रुजमा गरेको थियो । Rural Marketing of Association (RMAI) विश्वव्यापी संस्थागतहरु र मार्केटिङ एजेन्सीहरु दुवैको प्रतिनिधित्व गर्ने एक प्रमुख निकाय हो । यो एक भारतमा मात्र नभई एशियामा नै ग्रामीण बजारीकरणको राम्रो भन्दा राम्रो प्रयोगहरु आदान प्रदान गर्न र सहकार्य गर्न अति उपयुक्त मञ्च हो ।

३० जना ख्याति प्राप्त सदस्यहरु रहेकोे निर्णायक मण्डलले मनोनयनमा परेको विधाहरुबाट  छनौट गरेका थिए । प्रमुख निर्णायक मण्डलीले ३०० वटा प्रवेशहरुबाट प्रत्येक विधाको लागि चयन गरिएका अन्तिम मनोनयनहरु छनौट गर्नु अघि गहन अध्ययन गरेका थिए । फ्लेम अवार्ड एशियाको लागि औपचारिक तालिका ख्यातिप्राप्त कम्पनी Ernst & Young  ले गरेका थिए ।


 

यसमा तपाईको मत