बजार संक्षेप

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

  नागरिक   2019-12-11

काठमाडौ– कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । 
बैंकले आफ्नो ग्राहकलाई लक्ष्य गरी विभिन्न योजना सार्वजनिक गरेको जनाउँदै १०० मा १०० योजना अन्तर्गत बैंकका ग्राहकले कुमारी मोबाइल बैंकिङबाट पहिलो सय रुपैयाँकोे टपअप गर्दा एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ । यो योजना नयाँ तथा पुराना दुवै खालका ग्राहकलाई लागू हुने तथा योजनामा सहभागी हुन ग्राहकले पहिलोचोटि कुमारी मोबाइल बैंकिङ प्रयोग गरेको हुनुपर्ने जनाइएको छ । 
त्यस्तै, स्क्यान एन्ड पे योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक आधिक्तम एक सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने उल्लेख छ । कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी गर्न सकिने जनाउँदै बैंकले योजना फागुन १७ गतेसम्म लागू हुने जनाएको छ । 
हाल बैंकले एक सय १६ शाखा, एक सय ११ एटिएम, पाँच एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत