बजार संक्षेप

स्कुललाई कुमारी बैंकको सहयोग

  नागरिक   2019-11-14

काठमाडौं– कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ललितपुरको लामाटारस्थित ज्ञानज्योति आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यले एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हस्तान्तरित सामग्रीमा न्यानो ट्र्याक सुट, टिफिन बक्स तथा स्कुल ब्याग छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । 
हाल बैंकले एक सय ११ शाखा, एक सय दुई एटिएम, तीन एक्सटेन्सन काउन्टर र १७ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत