बजार संक्षेप

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

    2019-08-22

काठमाडौं– कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ किलोमिटरको पदयात्रा (वार्मअप वाकाथोन) कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको छ ।
बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतिग्रस्त भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रामा सहभागीका लागि टि–सर्ट ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई हस्तान्तरण गरेको जनाइएको छ ।
असोज ४ गतेबाट पाटन दरबार स्क्वायर क्षेत्रबाट सुरु हुने उक्त पदयात्रा ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुंगमति हुँदै ललितपुरको खोकनामा पुगेर सम्पन्न हुने उल्लेख छ ।
 

यसमा तपाईको मत