बजार संक्षेप

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

  नागरिक   2019-10-18

काठमाडौं– नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त सर्भिस सेन्टरको उद्घाटन कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सेन्टरबाट एकैचोटि २० बाइक सर्भिसिङ गर्न सकिने जनाइएको छ । 
ग्राहकलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकद्वारा उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 
अहिलेको दिनसम्ममा केटिएम बाइकहरुले दुई सय ९१ वटा विश्व च्याम्पियनसिप उपाधि जितिसकेको कमपनीले जनाएको छ । 
 

यसमा तपाईको मत