घर निर्माण विशेष

कम लागतमा बलियो घर कसरी बनाउने ?

    2019-05-15

 

काठमाडौं - सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर बनाउने समाग्री तथा ठेकेदारको छनोट लगायतका स–साना कुरामा ध्यान दिनु आवश्यक छ । जस्तैः

नक्साको चयन
घर बनाउँदा सबैभन्दा पहिला नक्सा (डिजाइन)मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ । यसले तपाईंको घरको लागत पहिले नै थाहा पाउन सकिन्छ ।Image result for वर्गाकार घर nagarik

डिजाइन परिवर्तन नगर्नहोस्
कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्दछ ।

Image result for वर्गाकार घर nagarik

वर्गाकार आकारमा घर बनाउनुहोस्
घर निर्माण विशेषज्ञहरूका अनुसार आयताकार वा अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्छ । आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन् । साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ ।

Image result for वर्गाकार  घर nagarik

वालहरू कम बनाउनुहोस्
घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ । बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ । यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च कम लाग्दछ । साथै, घरमा भ¥याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ । यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ ।

Image result for वर्गाकार घर nagarik

घर बनाउने सामानको छनोट
घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्दछ । यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रगोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ । एकै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो पर्ने भएकाले बजार भाउ बुझेर खरीद गनु राम्रो हुन्छ । देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ ।

Image result for वर्गाकार घर nagarik

ठेकेदारको छनोट
सरकारले गर्ने काम मात्र होइन, निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्ने गरेको छ । त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन महत्वपूर्ण हुन्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ ।

यसमा तपाईको मत