बजार संक्षेप

कामना सेवाको सरसफाइ अभियान

  नागरिक   2019-09-22

काठमाडौं– कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । 
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाइ र स्वच्छ वातावरणको महŒव र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकको विश्वास रहेको छ ।  
संविधान दिवसको अवसरमा बैंकद्वारा ओडी कार्डको समेत शुभारम्भ गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले एबिबिएस, एसएमएस, एसएमएस बैंकिङ, मोबोइल बैंकिङ तथा सि–आस्बा लगायत ९९ शाखा तथा ४५ एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ । 

यसमा तपाईको मत