बजार संक्षेप

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

    2019-05-19

काठमाडौँ- नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ को ३ दिने एक्स्पो समापन भएको छ  ।
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, खानी तथा भुगर्भ बिभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजना रहेको उक्त एक्स्पोको शुुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

तीन दिनसम्म चलेको एक्सोमा करिव ६० वटा स्टल राखिएका थिए  । त्यस मध्ये ५४ स्वेदशी र ६ वटा विदेशी स्टलहरु समाबेश गरिएका थिए  । राजधानीको लेनचौरस्थित खानी तथा भुगर्भ बिभागको कार्यालयमा तीन दिनसम्म चलेको एक्स्पोमा लगभग ८ हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ  ।

नेपाली आभुषण तथा हस्तकलाको मौलिकता, विविधता, विशिष्ट क्षमता आदि पक्षलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान गर्ने मूलभूत उदेश्यका साथ एक्स्पो आयोजना गरिएको आयोजकको दाबी छ ।

यसमा तपाईको मत