बजार संक्षेप

जोन डियरको नयाँ शोरुम वुटवलमा

  नागरिक   2020-01-16

काठमाडौँ- नेपालमा १४० वर्षको ब्यापारिक इतिहास बोकेको MV Dugar Group अन्तर्गत पर्ने विवेक अटोमोवाईल्स प्रा.लि. ले नेपालका किसानहरुका लागि देश भरिनै विभिन्न ठाउँँमा गरि २३ वटा शाखा र १८ वटा उप—शाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकहरुलाई स्तरिय सेवा सुविधा प्रदान गर्दै आईरहेको छ। मिति २०७६ पौष २९ गते मंगलवारका दिन यस MV Dugar Groupद्वारा जोन डियरको आधिकारिक विक्रेता विवेक अटो मोबाईल्स प्रा.लि तिलोतमा —२ जानकीनगर (बुटवल) मा रहेको क्षेत्रिय कार्यालय हाता भित्र खोलिएको जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड श्री अजीत कुमार मिश्राबाट संयुक्त रुपमा समुद्घाटन गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
सोहि समुदघाटन समारोहका दिन २१ थान जोन डियर ट्रेक्याटर उक्त शाखाबाट बिक्रि वितरण गरिएको छ सो अबसरमा ग्राहकहरुलाई ३२ इन्च टि.भि उपहार स्वरुप ग्राहक लाई प्रदान गरियो। यसै कार्यक्रममा अब आउने दिनमा जाँन डियर ट्रेक्टरको बिक्रि नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषी क्षेत्रमा रहेको उत्पादनको संभावनालाई मैत्रीरुप दिन यो ट्रयाक्टरले नै संभव रहेको यस कम्पनिका रिजनल म्यानेजर लिलाराज वाग्लेले जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसै गरी समारोहमा मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्टले ट्रयाकटर तथा कृषी को दुनियामा क्रातिकारी परिवर्तन ल्याउन सक्ने ट्रेक्याटर, जोन डियर रहेको बताएको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यस ट्रयाक्टरमा valve +++ टेक्नोलोजी भएकाले अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत गरी वढि उत्पादन दिने जानकारी जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत