बजार संक्षेप

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

    2019-05-17

काठमाडौं– जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित कस्टमर फेलिसिटेशन मिट २०१९ नामक कार्यक्रममा जगदम्बा स्टील्स् (SAIL) कम्पनीको विश्व बजारको २०१८/२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको हो ।
कार्यक्रममा उपस्थित रहेका जगदम्बा स्टील्स्का प्रमुख श्री शंकर लाल अग्रवालले उक्त सम्मान अनिल कुमार चौधरी, अध्यक्ष तथा प्रबन्धक निर्देशक स्टील्स् अथोरटी अफ इन्डिया बाट स्वीकारेका थिए । नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनयित हुने जगदम्बा एक मात्र कम्पनी रहेको थियो । 
(SAIL) ले आफ्ना माननीय ग्राहकवर्ग प्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले उक्त किसिमको कार्यक्रम आयोजना गरेको हो । यस विशेष कार्यक्रम उक्त संगठन र यसका मूल्यवान् ग्राहकहरु बीचको चिरस्थायी सहकार्य प्रति समर्पित गरिएको थियो । 

यसमा तपाईको मत