अटो विशेष

जावा मोटरसाइकलको डिलर सुर्खेतमा

  नागरिक   2021-08-26

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले वीरेन्द्रनगर नगरपालिका–३, मूलपानी, सुर्खेतमा नयाँ डिलर एमपी मोटोहबको सोरूम खोलेको छ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगन्जका विभिन्न शाखा र डिलर भएका स्थानमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै सोरूम स्थापना गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले उक्त सोरूमको उद्घाटन गरेका विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत