अटो विशेष

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

  नागरिक   2019-10-18

काठमाडौं– नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । 
कात्तिक १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त मेलाको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्ट, फाइनान्स सुविधा, एक्सचेन्जमा थप १० हजार मूल्याँकन जस्ता अफर रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
योजनाबाट कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टिभिएस ग्राहकले आफ्नो बाइक स्तरोन्नति गर्ने मौका पाउने कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत