अटो विशेष

जावा मोटरसाइकलको सोरूम नेपालगन्जमा

    2021-08-24

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट सोरूम खोलेको छ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीका लागि आफ्नो लोकप्रिय मोडेलमा सुलभ पहुँच प्रदान गरेको जनाएको छ। अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले सबै ग्राहक र यस क्षेत्र वरपरका ग्राहकलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवामा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्यले सोरुम सञ्चालनमा आएको बताएका छन्।

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीले अब जावा, जावा फोर्टी–टू र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन्। यो नेपाली बजारमा अग्नि मोटोइंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ।

यसमा तपाईको मत