बजार संक्षेप

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

    2019-05-21

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयरपाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्रीकक्षको समुद्घाटन युगल सिंह (स्पेयर पार्ट प्रमुख, अग्नि ग्रुप) ले गर्नु भएको थियो । यस समुद्घाटन कार्यक्रममा अमित कुमार चौधरी (डिलर नेटवर्क प्रमुख, अग्नि ग्रुप) लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीय जनसमुदायको सहभागिता समेत रहेको थियो । समुद्घाटन समारोहसँगै २०७६ जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ । 

सन् १९९१ म नेपालमा स्थापना भएको अग्नी ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नी इनर्जी प्रा.लि., अग्नी मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । 
 

यसमा तपाईको मत