बजार संक्षेप

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्री कक्षको स्थापना

    2019-05-14


काठमाडौं–अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयरपाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्रीकक्षको समुद्घाटन युगल सिंह (स्पेयर पार्ट प्रमुख, अग्नि ग्रुप) ले गर्नु भएको थियो । यस समुद्घाटन कार्यक्रममा अमित कुमार चौधरी (डिलर नेटवर्क प्रमुख, अग्नि ग्रुप) लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीय जनसमुदायको सहभागिता समेत रहेको थियो । समुद्घाटन समारोहसँगै २०७६ जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ ।

 

    यो स्पेयर पार्ट विक्री कक्ष यही वैशखा ३० गतेदेखि सञ्चालनमा आएको छ । कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ साथै चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ । नयाँ स्पेयर पार्ट विक्री कक्षसँगै कम्पनी र ग्राहक बीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास लिइएको छ । 


 

यसमा तपाईको मत