ग्याजेट विशेष

नयाँ आइफोनहरुको नेपाली बजार मूल्य - सबैभन्दा सस्तो नै १ लाख २१ हजार

  नागरिक   2018-11-18

एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका ग्याजेटहरु उपलब्ध गराउँदै आएको छ | आजको मितिमा इभोस्टोरको वेबसाइटमा भए अनुसार नयाँ एप्पल आइफोनको नेपाली बजार मूल्य यस प्रकारको रहेको छ :

 

आइफोन XR :

 

६४ जीबी : नेरु १,२१,५००

१२८ जीबी : नेरु १,२९,६००

२५६ जीबी : नेरु १,४५,८००

 

आइफोन XS:

 

६४ जीबी : नेरु १,६२,०००

२५६ जीबी : नेरु १,८६,०००

५१२ जीबी : नेरु २,१८,०००

 

आइफोन XS म्याक्स :

 

६४ जीबी : नेरु १,७८,०००

२५६ जीबी : नेरु २,०२,००० 

५१२ जीबी : नेरु २,३४,०००

 

आइफोन XS र XS म्याक्स का विशेषताहरु

 

  • दुईवटा १२ MP को मुख्य क्यामरा राखिएको छ जस मध्ये एउटाले चाहिँ जुमको लागि सहयाता पुर्याउने छ

  • ७ MP को फ्रन्ट सेल्फी क्यामरा

  • धेरै सुधारिएको AMOLED डिस्प्ले

  • IP68 धुलो र पानी प्रतिरोधी

  • HDR डिस्प्ले

  • पहिलेको भन्दा फास्ट FaceID

  • एप्पलको नयाँ र पहिलेको भन्दा १५% फास्ट भएको Apple A12 Bionic प्रोसेसरको प्रयोग

  • ६४ ,२५६ र ५१२ GB मोडल मा उपलब्ध र ४ GB RAM को प्रयोग

  • eSIM को प्रयोगबाट दुईवटा सिमको प्रयोग गर्न मिल्ने

  • Qi वायरलेस चार्जिंग

  • टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको  - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

  • यी आइफोनहरु सिल्भर, स्पेस ग्रे र गोल्ड गरि तीनवटा रंगमा उपलब्ध हुनेछ |

 

आइफोन XR को विशेषताहरु

 

  • ६.१ इन्चको LCD डिस्प्ले

  • सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा

  • पहिलेको भन्दा फास्ट FaceID

  • नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग

  • ६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग

  • टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

  • आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ |

  • IP67 धुलो र पानी प्रतिरोधी

  • Qi वायरलेस चार्जिंग



 

यसमा तपाईको मत