ग्याजेट विशेष

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

  नागरिक   2018-10-29

रिलिज भएको एक साता मै एप्पलले ९० लाखवटा आइफोन Xr बिक्री गर्न सफल भएको छ । आइफोन Xr को बिक्री गत वर्ष रिलिज भएको आइफोन ८ को भन्दा पनि राम्रो रहेको छ ।

यो संख्या आफैमा निकै राम्रो भएता पनि रोसेनब्लाट सेक्युरिटीजका विश्लेषक जुन झांगका अनुसार यो बिक्री संख्या कम हो । लन्च भएको एक सातामा एप्पलले १ करोडवटा आइफोन Xr बेच्ने कुराको पूर्वानुमान झांगले लगाएका थिए । सो पूर्वानुमानबाट आइफोन Xr को बिक्री १० लाखले चुकेको छ । रोसेनब्लाट सेक्युरिटीजले यी बिक्री संख्याहरु संसार भरिका विभिन्न वितरणका च्यानलहरुबाट जम्मा गरेको हो  । यहि विश्लेषकका अनुसार यो वर्षमा एप्पलले लगभग ७ करोड ७० लाखवटा नयाँ मोडलका आइफोनहरु बिक्री गर्ने छ ।

एप्पलले रिलिज गरेका आइफोनहरु मध्ये आइफोन Xr सस्तो मोडलको आइफोन हो । आइफोन Xs र Xs म्याक्स को जस्तो आइफोन Xr मा AMOLED (एमोलेड) गुणस्तरको डिस्प्ले र डबल क्यामरा राखिएको छैन । यसमा ६.१ इन्चको LCD डिस्प्ले राखिएको छ जसको रेजोलुसन अरु दुई मोडलभन्दा निकै कम छ । अन्य दुई मोडलमा जस्तो दुईवटा मुख्य क्यामराको पनि प्रयोग भएको छैन । आइफोन Xr मा 3D टच पनि राखिएको छैन ।

आइफोन Xr को विशेषताहरु:

  • ६.१ इन्चको LCD डिस्प्ले
  • सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा
  • पहिलेको भन्दा फास्ट FaceID
  • नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग
  • ६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग
  • टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने
  • आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ ।
  • IP67 धुलो र पानी प्रतिरोधी
  • चि (Qi) वायरलेस चार्जिंग

नयाँ मोडलहरु मध्ये “बजेट" आइफोन भनिएतापनि यस आइफोनको मूल्य ७५० अमेरिकी डलर तोकिएको छ ।

लन्चको समयमा आइफोन Xs र Xs म्याक्समा थुप्रै किसिममा समस्याहरु देखिएका थिए जसमध्ये अधिकांस सफ्टवेयर अपडेटको मार्फत ठीक गरिएको छ । यसर्थ आइफोन Xr का प्रयोगकर्ताले आइफोन Xs र Xs म्याक्सका प्रयोगकर्ताले जस्तो समस्याहरु झेल्नु पर्दैन ।

स्रोत: AppleInsider

यसमा तपाईको मत