ग्याजेट विशेष

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

  नागरिक   2019-10-15

एप्पलले गत महिना सार्वजनिक गरेर रिलिज गरेको आइफोन ११ को सुरुवाती प्रयोगकर्ताहरूले उक्त आइफोनको डिस्प्ले निकै कमजोर भएको र स्क्र्याच गर्न निकै सजिलो भएको दाबी गरेका छन् । यी आइफोनहरूमा एप्पलले सबैभन्दा मजबुत ग्लासको प्रयोग गरेको भन्दै दाबी गरेको थियो । तर यी धेरै प्रयोगकर्ताहरूले एप्पल कै फोरम पेजमा गएर यो डिस्प्ले निकै सजिलोसँग स्क्र्याच भएको भन्दै गुनासो गरेका छन् ।

एप्पलको सपोर्ट र सहयोग फोरमको एक कुराकानीमा ११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले  खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका छन् । कतिपय प्रयोगकर्ताहरूले आफ्नो जिन्स प्यान्टको गोजीमा राख्दैमा पनि आइफोन ११ को डिस्प्ले खराब तरिकाले बिग्रेको बताएका छन् । पुरानो आइफोनहरूमा यो समस्या नदेखिएको तर यो आइफोनमा मात्र यस्तो स्क्रिन स्क्र्याच हुने समस्या देखा परेको भन्दै थुप्रै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । यो समस्या भने आइफोन ११ का प्रयोगकर्ताहरूले मात्र नभई महँगा आइफोन ११ प्रो र आइफोन  ११ प्रो म्याक्सका प्रयोगकर्ताहरूले पनि भोग्न सुरु गरेका छन् ।

आजभोलिका स्मार्टफोनहरूमा डिस्प्ले माथि कोर्निंग गोरिल्ला ग्लासको प्रोटेक्सन हुने गर्दछ जुन सजिलै स्क्र्याच हुँदैन । यही कारणले गर्दा पनि अधिकांस प्रयोगकर्ताहरूले आफ्नो आइफोन र अन्य स्मार्टफोनहरूमा डिस्प्ले माथि सुरक्षाका लागि बेग्लै सिसाको प्रयोग गर्दैनन् । प्रोटेक्टिभ टेम्पर्ड सिसाको प्रयोग नगरेका आइफोन ११ का प्रयोगकर्ताहरूले पहिलो पटक यस्तो स्क्र्याच हुने समस्या झेल्नु परेको छ ।

एप्पलले यस विषयमा कुनै पनि प्रकारको प्रतिक्रिया जनाएको छैन । यदि तपाईंको पनि आइफोन ११ को डिस्प्ले खरिदको केही दिन मै स्क्र्याच भएको छ भने आइफोनको फोरममा गएर जानकारी दिनुहोस् । हालका लागि यस समस्याबाट टाढा हुनका लागि आइफोन ११ को प्रयोगकर्ताले आफ्नो डिस्प्लेमा प्रोटेक्टिभ टेम्पर्ड सिसाको प्रयोग गर्नु उचित हुन्छ ।

नयाँ संस्करणको आइफोनको माग एप्पलले सोचेकोभन्दा बढी भएको छ । यही माग पूरा गर्नका लागि एप्पलले आइफोन ११ को उत्पादन संख्या पनि १० प्रतिशतले बढाएको छ । यसबाट हाल निकै उच्च रहेको आइफोन ११ को मा भने पूरा गर्न सक्ने अपेक्षा एप्पलले राखेको छ ।

 

स्रोत: फर्ब्स

यसमा तपाईको मत