बजार संक्षेप

इन्टरनेट लिज लाइनको महसुल घट्यो

  नागरिक   2019-10-23

काठमाडौं– नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबिपिएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा कम्पनीले अब न्यूनतम दुई एमबिपिएस क्षमतामा सेवा उपलब्ध गराउने जनाएको छ ।
यसअघि एकदेखि १० एमबिपिएस ब्यान्डविथ रेन्जको महसुल दर प्रतिएमबिपिएस चार हजार दुई सय रुपैयाँ रहेकोमा अब दुईदेखि २० एमबिपिएसको ब्यान्डविथ रेन्जको महसुल दर प्रतिएमबिपिएस २५ सय रुपैयाँमात्र कायम गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
त्यसैगरी, पहिले ११ देखि सय एमबिपिएस ब्यान्डविथ रेन्जको प्रतिएमबिपिएस चार हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबिपिएस ब्यान्डविथ रेन्जको प्रतिएमबिपिएस २३ सय रुपैयाँमा र ५१ देखि सय एमबिपिएस रेन्जको प्रतिएमबिपिएस २१ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
पहिले सय एमबिपिएसमाथिका लागि प्रतिएमबिपिएस ३८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रतिएमबिपिएस १९ सय रुपैयाँमै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत रहेको जनाएको छ ।
 

यसमा तपाईको मत