बजार संक्षेप

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

  नागरिक   2019-12-05

काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
उक्त सेवा उपलब्ध गराउन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र इन्फो डेभलर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीबीच सम्झौता भएको कम्पनीले जनाएको छ ।
मिसकल बैंकिङ सेवा नेपालको लघुवित्त क्षेत्रमा पहिलो भएको र ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गको लागि नवप्रवर्तनकारी रहेको जनाउँदै कम्पनीले यो सेवामार्फत ग्राहक सदस्यले घरमै बसी मोबाइल रिचार्ज, बचत तथा कर्जाबारे जानकारी लिन सक्ने जनाएको छ । 
हाल कम्पनीले २६ जिल्लाका ४७ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत