बजार संक्षेप

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

    2019-07-19

काठमाडौं– नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा ल्याएको छ ।
स्टिल उद्योेग, हस्पिटल, प्याथ ल्याब तथा अन्य प्रतिष्ठानलाई लक्षित गर्दै सो प्रिन्टर नेपाल भिœयाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  । प्रिन्टरले लगातार लामो समय बार कोड स्टिकर, स्टिल ट्यागमा २ सय ३ वा ३ सय डिपिआईमा गुणस्तरीय छपाइ गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले साटो ब्रान्डमा उत्पादित विभिन्न आकारका उच्च गुणस्तरीय डिटी, टिटी पेपर र पोलिस्टर लेबल्स र रेजिन, वाक्स रेजिन रिबन नेपाली बजारमा ल्याइसकेको जनाएको छ ।
 

यसमा तपाईको मत