बजार संक्षेप

इण्डिया एडमिसन एक्स्पो २०१९

    2019-06-14

 

काठमाडौँ - उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला २०७६ हुने भएको छ । जुन १५ र १६ दुइ दिन होटल याक एन्ड यति, काठमाडौंमा आयोजना हुने  एक्स्पोमा इन्डियाका विभिन्न स्थानका कलेज र युनिभर्सिटीले सहभागिता जनाउदै छन् । इन्डिया एजुकेसनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने मेलामा इन्डियन एजुकेसनको विस्तृत जानकारी विद्यार्थी र अभिभावकलाई प्रदान गरिनेछ । द नलेज नेटवर्कको प्रस्तुतीमा विजय कर्नाटका मुख्य प्रायोजक रहेको यो मेलामा इन्डियाका ५० भन्दा बढि कलेज र युनिभर्सिटी रहनेछन् । विद्यार्थी र अभिभावकले उच्च शिक्षाका लागि इन्डिया किन उपयुक्त छ भन्ने मेलामा जानकारी पाउनेछन् ।  मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिगंका लागि सम्बन्धित शिक्षण संस्थाका डाइरेक्टर, प्रिन्सिपल र प्रोफेसर स्वंय उपस्थित हुनेछन् । मेलाको अर्को विशेशता भनेको यो मेलामा सहभागि हुने सबै कलेज र युनिभर्सिटीहरु न्याक र निर्फ (एनआईआरएफ) बाट मान्यताप्राप्त शिक्षण संस्था हुन् । न्याक र निर्फ शैक्षिक संस्थाको गुणस्तर अनुगमन गर्ने निकाय हुन् । मेलामा इन्जिनियरिगं, म्यानेजमेन्ट, मेडिसिन, फार्मेसी होटल म्यानेजमेन्ट, डिजाइन, फेसन टेक्नोलोजी, बायो टेक्नोलोजी, मेरिन लगायतका विषय अन्तर्गतका १ सय भन्दा बढि कोर्सको बारेमा विद्यार्थीले जानकारी पाउनेछन् । प्लस टु पछिको उच्च शिक्षाको क्रममा कन्फ्युज्ड रहेका विद्यार्थीलाई उनीहरुको क्षमता र उनीहरुको भविश्य अनुरुपको सहि परामर्श उपलब्ध गराइनेछ । करिअर गाइडेन्सका हिसाबले यो मेला प्रभावकारी सावित हुनेछ । मेलामा विद्यार्थीको एकेडेमिक एक्सिलेन्सको आधारमा शैक्षिक संस्थाहरुले दर्जनौं विषयमा छात्रवृत्ति प्रदान गर्नेछन् । निशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा सहभागि हुने प्रत्येक विद्यार्थीका लागि उपहारको व्यवस्था गरिएको छ ।

 


 

यसमा तपाईको मत