बजार संक्षेप

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

    2019-08-19

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ। उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए। चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रकियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।साथै आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभ लाई मध्यनजर गरि भर्खरै श्री बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक गरेको जनाएको छ। 

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको जानकारी गराएको छ।


 

यसमा तपाईको मत