बजार संक्षेप

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

  नागरिक   2019-12-13

काठमाडौं– आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । हालै थाइल्यान्डमा सम्पन्न सम्मान कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेको कम्पनीले जनाएको छ । 
अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ करपुरेसन (आएबिसि)ले कम्पनीलाई सम्मानित गरेको जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा कम्पनीका अध्यक्ष ढकाले आइबिसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबै ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार जगत सबैलाई धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।
साथै एसियाका सयभन्दा बढी देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न समेत सबैमा अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत