बजार संक्षेप

आइसिएफसी फाइनान्सको सेवा विस्तार

    2019-08-25

काठमाडौं– आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
ग्वार्को शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष रामबाबु पन्त तथा एक्सटेन्सन काउन्टरको स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष गणेश योञ्जन तामाङ, फाइनान्सका अध्यक्ष रामबाबु पन्त तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फाइनान्सले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, लकर सेवा, वर्षभर नै बैंकिङ सेवा, एटिएम कार्ड, आस्बा, डिम्याट र रेमिटेन्स सेवा तथा विभिन्न प्रकारका कर्जा सेवा दिइरहेको छ । यसले १८ शाखा, एक एक्सटेन्सन काउन्टर र १५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत