अटो विशेष

हुन्डाई भेन्यू अब नेपालमा

  नागरिक   2019-08-23


काठमाडौं– नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । तीन भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने उक्त गाडीमा १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल पिटिभिटी टेक्नोलोजी, ८३ हर्सपावर पर ६००० आरपिएमको सर्वाधिक पावर रहेको कम्पनीले जनाएको छ ।
१.४ लिटर डिजल इन्जिन युटुसिआरडिआईको सर्वाधिक पावर ९० पिएस प्रति ४००० आरपिएम रहने तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल पिटिएस टेक्नोलोजीको सर्वाधिक पावर १२० पिएस प्रति ६००० आरपिएम रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ‘हुन्डाई भेन्यूले ७ स्पिड डिसिटीको उपलब्धता पनि प्रदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
बजारमा उपलब्ध अरु गाडीको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने कम्पनीको दाबी छ । हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित रहेको र यसको आर १६ डायमन्ड कट एलोई पांग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीले जनाएको छ ।
भेन्यूमा बत्तीको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको बताइएको छ । जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmस्टल इफेकट सहितको लेड लाइट यसको आकर्षण रहेको जनाएको छ ।
रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले उत्कृष्ट यात्राको अनुभव गराउने कम्पनीको दाबी छ ।
वाइरलेस फोन चार्जर, क्रुन्ज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसी भेन्ट भेन्यूका अन्य विशेषता हुन् । 
विभिन्न रंङमा उपलब्ध उक्त गाडीको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजारसम्म रहेको कम्पनीले जनाएको छ । 
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत