अटो विशेष

के हो हाइव्रिड कार ?

    2019-07-23

काठमाडौँ- हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ। त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ। अर्थात् कहिले व्याट्रिको मात्र खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ। व्यट्रिले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धनमा इन्जिनले सहयोग गर्दछ। 
हाइब्रिड कार परम्परागत कार जत्तिकै चलाउन सहज हुन्छ। यसको शक्तिमा कुनै सम्झौता गरिराख्नु नपर्ने भएकाले यो कार आज संसारमा प्रमुख रोजाइमा पर्दै आएको छ। यस कारमा चालकले आफ्नो आवश्यकता वा वाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनु पर्ने हो सो कुरा आफै तय गर्न सक्नेछन। 
हाइब्रिड कारमा रहेको इलेक्ट्रिक, मोटर व्याट्रिमा जोडिएको हुन्छ। यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ। साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेर जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ। 
हाइब्रिड इन्जिनका विभिन्न प्रकारहरु हुने गर्दछन् ती मध्ये प्यारलल हाइब्रिड, प्लग इन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन्।

 

हाइब्रिड कारका केहि  विशेषताहरु ;

मूल्य वृद्धिले यसलाई खासै असर गर्दैन। 
यसले कार्वन उत्सर्जन न्यून मात्रामा गर्ने हुँदा वातावरणमा  यसले ठूलो योगदान दिन्छ। 
ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले, व्याट्रि चार्ज हुने यसको प्रमुख विशेषता हो। 
हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्ने गर्दछन्।

यसले कार्वन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरणमा पनि यसले ठूलो योगदान दिन्छ । प्रत्येक वर्ष विश्वको तापक्रम बढै गईरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने हुँदा आज विश्वका हजारौं बैंज्ञानिकहरुले यस्ता कारहरुमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् । ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले व्याट्रि चार्ज हुने यसको प्रमुख विशेषता हो। त्यसै गरी यस्ता कारहरुको निर्माण गर्दा हलुका कच्चा सामग्रीहरुको प्रयोग गरिएको हुन्छ, अर्थात् हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्दछन्। यस्ता कारहरुको दिन प्रतिदिन माग बढ्दै गईरहेको अवस्थामा माग ज्यादा भएको हुँदा उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ । 
 
हाइब्रिड कारका नकारात्मक पक्ष भन्दा सकारात्मक पक्ष बढी भएको हुँदा आज संसारमा यस्ता कारहरुको उत्पादन वृद्धि हुँदै गइरहेको छ भने यस्ता कारहरुको प्रविधिमा हजारौं अन्वेषण एवं खोज अनुसन्धान हुँदै आइरहेका छन्। यसले गर्दा आगामी दिनहरुमा हाइब्रिड कारका सकारात्मक पक्ष एवं विशेषताहरु अझै बढ्दै जाने विश्वास सहजै लिन सकिन्छ । 
पेट्रोलियम पदार्थको स्रोत क्रमशः घट्दै गईरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चयनै ठूलो योगदान पुर्याउने विश्वास लिन सकिन्छ। त्यसैले विश्वमा यस्ता कारहरुको खरिदमा सरकारले समेत सहुलियत प्रदान गर्दै आएका छन् नेपाल सरकारले यस्ताकारहरुमा अब केही नीति तथा नियमहरु परिमार्जन गरी सहुलियत दिने नै छ । 
 

यसमा तपाईको मत