अटो विशेष

हुन्डाई फेस्टीभ डिलाइट २०७७ विजेतालाई साँचो हस्तान्त्रण

  नागरिक   2021-09-07

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्री श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेताश्री चेतनारायण सापकोटा (कुपननम्बर १६१७) लाई गाडीको साँचो हस्तान्त्रण गरिएको छ।

उक्तलक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्षप्रशारण मार्फत बिजेता छनोट गरिएको थियो। कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जन जिवन नै अस्तव्यस्थ भएकोले गत वर्षको लक्की ड्र केही ढिला गरी भएको हो।

साथै,भदौ २४ गते बिहीवारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहक माझ प्रस्तुत गर्ने भएको हो। हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहक सँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ।  

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथथुप्रै स्कीम पाउने छन्। लक्ष्मी हुन्डाई सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पीरियन्स प्रदानगर्दै आएका छं। त्यही कारण हुन्डाई ब्राण्ड चाहने ग्राहकपनि बढ्दै गएका छन्। 
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ। विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवादिन सधैँ तत्पर रहेको जनाएको छ। विश्वभर करोडौं सन्तुष्ट ग्राहक, न्यूनमर्मत सम्भार खर्च र उत्कृष्ट डिजाइनका कारले ग्राहकलाई आफूसँग जोड्न सफल हुँदै आएको छ। 
 

यसमा तपाईको मत