ग्याजेट विशेष

यो हो नेपालमा उपलब्ध हुने सबैभन्दा महँगो एन्ड्रोइड स्मार्टफोन

  नागरिक   2018-11-21

हुवावेले आफ्नो फ्ल्याग्शिप एन्ड्रोइड स्मार्टफोन - मेट २० प्रो लाई नेपालमा उपलब्ध गराउने भएको छ | मेट २० प्रो हुवावेको सबैभन्दा अब्बल र फिचरयुक्त स्मार्टफोन हो | यहि वर्षको अक्टोबरमा सार्वजनिक गरिएको यस स्मार्टफोनको नेपाली बजार मूल्य १ लाख २९ हजार तोकिएको छ | यो मूल्यले गर्दा हुवावे मेट २० प्रो नेपालमा उपलब्ध हुने सबैभन्दा महँगो एन्ड्रोइड स्मार्टफोन बनेको छ | तुलनाका लागि सामसंगको नोट ९ नेपालमा १ लाख १० हजारको मूल्यमा लन्च भएको थियो |

 

यति चर्को मूल्यमा हुवावेले पनि उच्च गुणस्तर कै स्मार्टफोन उपलब्ध गराउने छ | अगाडि नच भएको १९.५:९ अनुपातको  ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले राखीएको छ जसको रेजोलुसन १४४० x ३१२० रहेको छ | उक्त नचमा एप्पलको FaceID जस्तो फेस अनलक गर्न मिल्ने फिचर राखिएको छ | डिस्प्लेको तल्लो भागमा डिस्प्लेको भित्र पट्टि नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ | त्यही नचमा २४ मेगापिक्सलको सेल्फी क्यामरा छ |

स्मार्टफोनको पछाडीको भाग सिसाले बनेको छ | मेट २० प्रो मा हुवावे कै पी २० प्रो जस्तै तीनवटा क्यामरा राखिएको छ | Leica ब्रान्डको ४० मेगापिक्सल वाइड, २० मेगापिक्सल अल्ट्रावाइड र ८ मेगापिक्सल जुम लेन्स गरि तीनवटा क्यामरा राखिएका छन् |

 

नेपाली बजारमा हुवावे मेट २० प्रो  दुईवटा रंगमा उपलब्ध हुने छ - हरियो र कालो | नेपालमा उपलब्ध हुने मोडलमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज हुनेछ | हुवावे मेट २० प्रोका विशेषताहरु यस्ता रहेका छन् :

 

- ६.४ इन्चको एमोलेड डिस्प्ले - १४४० x ३१२०

- EMUI ९ - एन्ड्रोइड पाई

- हुवावेको आफ्नै HiSilicon Kirin ९८० प्रोसेसर

-६ जीबी र्याम - १२८ जीबी आन्तरिक स्टोरेज

-डबल सिम

- तीनवटा क्यामरा - Leica ब्रान्डको ४० मेगापिक्सल वाइड, २० मेगापिक्सल अल्ट्रावाइड र ८ मेगापिक्सल जुम लेन्स

- २४ मेगापिक्सलको सेल्फी क्यामरा

- फेस अनलक

- डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर

- ४२०० mAh ब्याट्री

- वायरलेस चार्जिंग - अन्य स्मार्टफोनलाई पनि चार्ज गर्न मिल्ने

-४० वाट को सुपर फास्ट चार्जर

यसमा तपाईको मत