बजार संक्षेप

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

    2019-07-23

काठमाडौँ- यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। काठमाण्डौमा आयोजित एक कार्यक्रमक माझ सस्तो मूल्यको बजेट फोन वाई नाइनप्राइम २०१९ सार्वजनिकगरिएको हो ।

ह्वावे स्टार्क सिरिजअन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध गरेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। वाई नाइनप्राइम २०१९ कालो, नीलो र हरियो रंगहरुमा उपलब्ध छ।
 
यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको कम्पनीले जनाएको छ। सामान्य अवस्थामा क्यामरा, फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कने कम्पनीको प्रेस बिह्याप्तिमा उल्लेख गरिएको छ। 

पप–अप लेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्ने कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। १६ एमपीक्यामरामाभएको एफ/१.८ एपर्चरले समान्यतयाहुने एफ/२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्ने उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।
पप–अप क्यामरासँगै यो बजेट फोनमाअन्य धेरै विशेषताहरू रहेका छन्। ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले ह्वावे स्टार्क सिरिजलाई आकर्षक देखिने बनाएको छ र स्क्रीनमा त्यस्तो केही स्लाइड वा नोचहरू नरहने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत